Community Cornerstone

Community Cornerstone Episode 2

Suresh Shahi

अमेरिकामा ट्याक्स फाइलबारे महत्वपूर्ण टिप्स:  सीपीए विराज रिजालका साथमा सुरेश शाही । कम्युनिटी कर्नरस्टोनको दोस्रो भागमा ट्याक्स सम्बन्धि थप जानकारी । 

प्रश्न र सुझावका लागि: info@khasokhas.com / suryes2008@gmaill.com 

प्रस्तोता: सुरेश शाही 

यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? ९० प्रतिशत अमेरिकनहरुले स्टाण्डर्ड डिडक्सनमार्फत करयोग्य आम्दानी घटाएर कम कर तिर्छन् । स्टाण्डर्ड डिडक्सन के हो ? कस्ले स्टाण्डर्ड डिडक्सन प्रयोग गर्ने ? कस्ले आइटमाइज डिडक्सन प्रयोग गर्ने ? आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट ? 
पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने भएको छ ? अर्कोपटक के कुरामा ध्यान दिने ? यसपटकदेखि आइआरएसले न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्न लागेको छ । राज्यको समेत ट्याक्स तिर्नुपर्ने राज्यहरुमा यो प्रणाली कत्तिको झन्झटिलो हुनसक्छ ? अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ? गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ?
ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ?   उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका व्यवस्था छन् ? को योग्य हुन्छन् ?


Podcasts we love

Check out these other fine podcasts recommended by us, not an algorithm.